धरान । केन्ट भारत ब्रान्डको नेपालस्थित आधिकारिक वितरक ईओएल प्रालिले केन्टका विभिन्न नयाँ विद्युतीय वस्तुहरू नेपाली बजारमा ल्याएको छ । ईओएल प्रालि चौधरी गु्रपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको सब्सिडी कम्पनी हो ।
पहिलादेखि नै केन्टका विभिन्न विद्युतीय वस्तुहरू ल्याएको प्रालिले यसपटक नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ ।
यस अन्तर्गत, बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एङ्गल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एङ्गल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट सिक्स ए प्लग टप, मेल फिमेल बेला, नेक्स एमसीबी टिपिएन सिरिज आदि छन् ।
सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण रहेको कम्पनीको दाबी छ । सबै सामानहरू नेपालभरि बजारमा सजिलै पाइने बताइएको छ ।
केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन् । केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो ।