विराटनगर । देशको दिगो विकासका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ को संयोजन तथा यु.एन.डि.पी.को सहयोगमा विराटनगरमा मङ्गलबार एक दिने प्रदेशस्तरीय व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का उपाध्यक्ष एवम् केन्द्रीय सदस्य राजेन्द्र राउतले देशको दिगो विकासका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए । उनले देशमा सबैभन्दा धेरै रोजगारी सुनिश्चित गर्ने क्षेत्र पनि निजी क्षेत्र भएको बताए । व्यवसाय तथा मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना प्रारम्भिक मस्यौदामा रहेका विभिन्न महŒवपूर्ण पक्षहरूका बारेमा निजी क्षेत्र, महासङ्घका सदस्यहरू तथा व्यवसायका सरोकारवालाहरूलाई जानकारी दिन यो गोष्ठीको आयोजना गरिएको उनले बताए ।
यूएनडीपी परियोजना संयोजक प्रकाश बुढामगरले व्यवसाय र मानवअधिकार विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । विज्ञ सन्तोष सिग्देलले व्यवसाय र मानवअधिकार शीर्षकमा नेपालमा देखिएको विषयवस्तुको उठान गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय कन्सल्टेन्ट रामचरित्र साहले प्रारम्भिक मस्यौदाको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा श्रमिकको अधिकार, उपभोक्ता अधिकार, महिला तथा बालबालिका अधिकार, आप्रवासी कामदारसम्बन्धी अधिकार, लैङ्गिक समानता र अविदेनको अधिकार विषयमा समूहगत छलफलका गरिएको थियो । समूहगत छलफलमा उठेका विषयहरूलाई उद्योग वाणिज्य महासङ्घबाट आएका विज्ञ मोदनाथ ढकालले सम्बोधन गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य उमेश डालमियाले मानवअधिकारका विषयलाई निजी क्षेत्रले लागू गर्दै आइरहेको बताउँदै यस प्रकारको कार्यक्रमले भविष्यमा उद्योग व्यवसायलाई थप सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रमको सुरुवातमा कार्यक्रम सञ्चालिका एवम् नेपाल उद्योग वाणिज्य महासङ्घकी सह–निर्देशक सीता घिमिरेले कार्यक्रमका बारेमा प्रकाश पारे ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का उपाध्यक्ष एवम् केन्द्रीय सदस्य राजेन्द्र राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नम्बर १ जिल्ला÷नगर उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घ तथा उद्योगी व्यवसायीहरूसहित करिब ६० जनाको सहभागिता रहेको नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।