पथरी । तीन वटा सहकारी संस्था एकीकरण पछि रमाइलो जनएकता बचत तथ ऋण सहकारी संस्थाको प्रथम चुनावी साधरणसभा सम्पन्न भएको छ । कानेपोखरी–६, रमाइलोमा रहेको जनएकता साकोस र रमाइलो साकोसविच एकीकरण पछि वडा नं. २ दलेलीमा रहेको दलेली साकोस पनि रमाइलो जनएकतामा एकीकरण भएको थियो ।

शनिबार भएको प्रथम साधरणसभामाको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्टि अतिथिहरु गाउँपालिका निर्वतमान अध्यक्ष ताराबहादुर काफ्ले र गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले सम्बोधन गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा आम्दानी ७ करोड ३३ लाख७१ हजार १ सय ३४ रुपैया आम्दानी गरेको संस्थाको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको छ ।

त्यस्तै संस्थाले खर्च ६ करोड ३५ लाख ९७हजार ९ सय ७८ रुपैया खर्च गरेको छ । यस आर्थिक बर्षमा संस्थाले ९७ लाख७३ हजार १ सय ५६ शुद्ध बचत गरेको छ ।

नीजि विद्यालयतर्फ संस्थाले पर्ल एकेडेमी इङ्लिस स्कुलबाट कक्षा १२ मा ३.८५ जिपिए ल्याउने समिक् षागौतमलाई छात्रवृत्ति पुरस्कार प्रदान गरेका छन् । सामुदायिक विद्यालयबाट आवेदननआएको संस्थाले जनाएको छ ।

त्यस्तै एसईईबाट सामुदायिकतर्फ जनसेवा माविबाट ३.७५ जिपिए ल्याउने डिना ढुङ्गाना र संस्थागततर्फ पिनाकल ज्ञान मन्दिर स्कुलबाट ३.९५ जिपिए ल्याउने दिपेश कटवाललाई छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाले नियमित वचत तथा ऋण अर्थिक कारोवार गर्ने लता राई, तारादेवी अधिकारी, रामबहादुर भूजेल र राजु श्रेष्ठलाई पुरस्कतृ गरेको छ । त्यस्तै दैनिक वचततर्फ अर्जुनलाल बहरदार र निर्मला घिमिरे, कर्मचारीमा भवानी थेगिम, बाल बचत तर्फ श्रेया राउत र आयुषथापालाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी पूर्व सञ्चालक डम्बरुप्रसाद खरेल, ज्येष्ठ सदस्य ८७ बर्षीय कृष्णमाया कोईराला र ९६ बर्षीय लक्षीबहादुर लिम्बुलाई सम्मान गरिएको थियो । ज्येष्ठ सदस्य सम्मानको लागिमासिक १ सयको दरले बार्षीक १२ सय रुपैया संस्थाका १३८ जना ज्येष्ठ सदस्यलाई संस्थाले निमित्त राहत प्रदान गरेका छन् ।

कार्यक्रममा प्रमुखअतिथि र विशिष्ट अतिथिहरुले विभिन्न विद्यामा शेयर सदस्यहरुलाई सम्मानपत्र र दोसल्लाह ओढाएर सम्मान र प्रशंसा पत्र र पुरस्कारको राशिले पुरस्कृत गरेका थिए । संस्थामा दैनिक बचत १४६५ र बाल बचत ११०७ जनाले गर्दै आएका छन् । त्यस्तै संस्थामा३ बर्षे आवधिक बतच ३७ जना, २ बर्षे आवधिक बचत १० जना र १ बर्षे आवधिक बचत २८ जना र जेष्ठ नागरिक बचत ५० जनाले गर्दै आएको छ ।

संस्थामा२०७९ असार मसान्त सम्म संस्थाको सम्पती ८६ करोड ५२ लाख ३६ हजार ६ सय ४४ रुपैया रहेको छ । त्यस्तै, २०७९ असार मसान्त सम्म जम्मा ६३ करोड, ३६ लाख, ४ हजार ४ सय ४६ रुपैया रहेको छ ।

संस्थामाअहिले १० हजार १ सय ४८ जना सेयर सदस्य रहेका छन् ।शनिबार भएको निर्वाचनमा ६ हजार २ सय ६८ मत खसेको निर्वाचन प्रमुखले बताए । चुनावमा जनएकता साकोस हुँदापूर्व अध्यक् षदानबहादुर बस्नेत र कोषाध्यक्ष त्रिभूनाथ फुयल(सन्तोष)को अध्यक्षमा प्रतिस्पर्धा रहेको थियो ।