विजयपुर । सुनसरी जिल्ला अदालत परिसरमा प्रहरीको निगरानीबाटै भाग्न सफल भएकी गीता देवी पक्राउ परेकी छन् ।
बिहीबार इलका प्रहरी कार्यालय धरानले उनलाई बयानका लागि अदातल लगेको थियो । अदालत परिसरबाट भागेकी गीता देवीलाई पुनः जोगबनी नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । उनका अनुसार भारत बिहारकी ४० वर्षीया गीता देवी २५ दिनअघि सुन चोरीको आरोपमा धरानबाट पक्राउ परेकी थिइन् ।
उनले अदालत बयान सकेर पुर्पक्षका लागि थुनामा पठाउने क्रममा शौचालय गएको बखत भेन्टिलेसनबाट भागेकी थिइन् । भागेपछि तत्काल प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो ।