विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।
विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले १२ लाख ३ हजार ४२० रुपैयाँको सामान इलका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा लिएको हो ।
इप्रका रानीले आँखाको लेन्स, आँखामा लगाउने औषधी, कपडा (सुट), चिया छान्ने, कागती निचोर्ने मेशिन र साडी लगायतका सामान नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरी टोलीले बरामद गरेको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, विराटनगरमा बुझाईएको छ ।