देउराली । बुधबार धरानमा लागु औषध तथा प्रतिबन्धित औषधीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । धरान ३, ५ र १४ का विभिन्न स्थानबाट पक्राउ परेका उनिहरु लगु औषध प्रयोग कर्ता तथा कारोबारी रहेको इलाका प्रहरी कार्याल धरानले जनाएको छ ।
कार्यालयका अनुसार बुधबार धरान ३ स्थित सदन रोडमा बस्ने मन्त्री भनिने ३४ वर्षीय अमन मनकुमार श्रेष्ठले आफ्नै घरको कोठामा लागु औषध लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीले उनको कोठामा खानतलासी गरेको थियो ।
खानतलासीमा प्रहरीले फेनारगन ३२ एम्पुल, डाइजिपाम ३९ एम्पुल, लुपिगेसिस २९ एम्पुल, एभिल ४५ एम्पुल दुई थान सिरिन्ज, र प्रतिबन्धित औषधी ट्रामाडोल हजार ट्यावलेट, स्पास्पेइन १५ सय ट्याबलेट बरामद भएको जनाएको छ ।
यसरी बरामद भएको लागु औषध श्रेष्ठले सेवन गर्न तथा बेचबिखन गर्ने प्रयोजनमा लुकाएर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उक्त कार्यालयले जनाएको छ । बरामद लागु औषध सहित पक्राउ परेको श्रेष्ठ उपर लागु औषध नियन्त्रण एन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, प्रहरीले धरान ५ देउराली सिरान बस्ने २६ वर्षीय अमन राईको घरबाट लुकाएर राखेको अवस्थामा प्रतिबन्धित औषधी ५ हजार ३९ ट्वावलेट ट्रामाडोल र स्पास्पेइन २ हजार ६४० ट्यावलेट बरामद गरेको जनाएको छ ।
त्यसैगरी धरान १४ विजयपुरका २१ वर्षीय रञ्जित तामाङलाई प्रतिबन्धित औषधी स्पास्पेईन २४० ट्यावलेट र ट्रामाडोल २५० ट्यावलेट सहित पक्राउ गरेको जनाएको छ । प्रहरीले लागु औषध प्रयोगकर्ताहरूको खोजतलास गर्ने क्रममा धरान १४ दुईधारेका १९ वर्षीय नेल्शन याक्खा, २० वर्षीय शहिल भण्डारी र १९ वर्षीय शेखर परियारलाई प्रतिबन्धित औषधी स्पास्पेइन ८ ट्यावलेट र ट्रमाडोल ८० ट्यावलेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित औषधीसहित पक्राउ परेका श्रेष्ठबाहेक अन्य ५ जनालाई विराटनगर स्थित औषधी व्यवस्था विभाग पठाइएको ईप्रका धरानमा कार्यरत इन्स्पेक्टर देवप्रसाद लिम्बूले बताए । उनका अनुसार धरानमा लागु औषध तथा प्रतिबन्धित औषधीसहित, प्रयोग कर्ता तथा प्रयोगकर्ता कारोबारी पक्राउ पने घटनाहरू भइरहे पनि बुधवार एकै दिन प्रहरीले विभिन्न समूहमा ठुलो परिमाणमा पक्राउ गरेको हो ।