धरान । झापा प्रहरीले अवैध रूपमा लाँदै गरेको अवस्थामा काठसहित दुईवटा ट्याक्टरलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले अन्दाजी २० लाख ५० हजार रुपैयाँ बराबरको काठ नियन्त्रणमा लिएको हो । प्रहरीले मेचीनगर नगरपालिका–१ गाडागल्लीस्थित पातापुरबाट आउँदै गरेको मे.१ त ७८५४ र मे.१ त ३७४० नम्बरको ट्याक्टरमा लोड गरेको अवस्थामा काठ बरामद गरिएको हो ।
प्रहरीलाई देखेपछि चालक फरार रहेको र जाँच गर्दा सखुवा प्रजातिको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रणमा लिएको गोलिया काठसहित ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको प्रहरीले जनाएको छ ।