बिर्तामोड । झापा प्रहरीले डाका र जबरजस्ती करणी मुद्दामा १२ बर्ष अघि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले झापाको कनकाई नगरपालिका–४ बस्ने ७७ बर्षिय बृद्ध धनपति ढुङगानालाई पक्राउ गरेको हो । झापा जिल्ला अदालतले डाका तथा जबरजस्ती करणी मुद्धामा उनीमाथि ६ बर्ष कैद सजाय तथा ७५ हजार रुपैंयाँ जरिवाना फैसला गरेको थियो ।

अदालतको २०६७ सालको फैसला लगत्तै ढुङगाना फरार रहेका थिए । प्रहरीले उनलाई सोमबार पक्राउ गरेर फैसला कार्यान्वयनको लागि कारागार पठाएको जनाएको छ  ।