भद्रपुर । झापाको बुधवारेमा श्रीमानले करुवाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

विहीबार बिहान ३ बजे बुद्धशान्ति गाउँपालिका वडा न.–१ बुधबारे बजारमा डेरा लिई सुन पसल सञ्चालन गर्दै आएका भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षिय रघुनाथ गोरडले उनकी श्रीमती २६ वर्षिया सपना गोरडलाई करुवाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रघुनाथले सामान्य वादविवाद हुँदा पानीखाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घट्नास्थलमै मृत्यु भएको जिल्लाका डिएसपी बसन्त पाठकले बताए । करुवा प्रहार गर्ने रघुनाथलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।