धरान । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ अँधेरीमा बुबाले दुई वर्षीया छोरीको हत्या गरेका छन् ।

३७ वर्षीय बुबा राजेन्द्र राईले सोमबार राति घाँटी थिचेर नाबालिका छोरी रितिकाको हत्या गरेका हुन् । राति मदिरा सेवन गरी घर आएका राईले विवादपछि खुकुरी प्रहार गरी पत्नीलाई घाइते बनाइएका थिए भने नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका थिए ।

त्यसपश्चात् घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । राईले आफैलाई पनि काटेर घाउ बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।

घाइते पत्नी र आरोपित राईको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।