काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा का बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, ५ लाख ५० हजार रूपैयाँ जरिवाना र २२ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  टोखा नगरपालिका ११ गोंगबु  भण्डारी टोलमा फेला पारी पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको उक्त कार्यालयले जनाएकाे छ ।