धनकुटा । नेपालमा हरेक दिन १८ जनाले आत्हत्या गर्ने गरेको तथ्याङ्गक सार्वजानिक गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवशको अवसरमा पारेर आईतवार विहान धनकुटामा आयोजना गरिएको आत्महत्या रोकथाम देशव्यापी सचेतना कार्यक्रममा यस्तो तथ्याङ्गक सार्वजानिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले आयोजना गरेको आत्महत्या रोकथाम देशव्यापी समेतना कार्यक्रममा वोल्दै जिल्ला अस्पताल धनकुटाका डा.प्रदिप खतिवडाले यस्तो तथ्याङ्ग सार्वजानिक गरेका हुन् । उनले हरेक १० मिनेटमा विश्वमा १५ जनाले आत्महत्या गर्ने गरेको र नेपालमा हरेक दिन १८ जनाले आत्म हत्या गर्ने गरेको बताए ।
उनले आ.व.०७७/०७८ मा ७ हजार र आ.व.०७८/०७९ मा ६ हजार जनाले नेपालमा आत्महत्या गरेको नेपाल प्रहरीले सार्वजानिक गरेको तथ्याङ्गकलाई उधृत गर्दै जानकारी दिए । डा.खतिवडाले मानिसहरुले के कारण आत्महत्या गर्छन भन्ने वारे पनि जानकारी दिए ।
उनले विश्वमा मानसिक कारणले सवै भन्दा बढी आत्महत्या गर्ने गरेको दावी गरे । खतिवडाले त्यसमा पनि मुख्य गरेर वृद्ध देखि वालवालिकाहरुमा ८५ प्रतिसत डिप्रेसनको कारण आत्महत्या हुने गरेको औल्याएको छन् । त्यसमा लागु औषध दुब्र्यसन, नकरात्मक सोच, गरिवी, बेरोजगारी, असफलता, अत्याधिक मदिरा सेवन, सामाजिक संजालको दुरुपयोग, प्रेममा धोका लगायत रहेका छन् । सो कार्यक्रममा आत्महत्याको नेपालको वर्तमान अवस्था र प्रदेश नं.१ को अवस्थाको तथ्याङ्गक समेत जिल्ला प्रहरी कार्यालय धनकुटाले सार्वजानिक गरेको थियो । ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमख निरेन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न आत्महत्या रोकथाम देशव्यापी सचेतना कार्यक्रममा धनकुटा नगरपालिकाका उप–प्रमुख भीमादेवी खनाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई लगायतले आत्महत्या रोकथामको लागि जनस्तरवाटै सचेतनाको कार्यक्रमहरु आयोजना गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले समाजमा अशिक्षा र वेरोजगारीको कारण पनि आत्महत्या बढेको भन्दै गम्भिर चिन्ता व्यक्त गरेबा छन् ।
धनकुटा नगरपालिका वडा नं.६ र ७ को संगमस्थल परिचयमोडमा रहेको एभोकाडो पार्कमा आयोजना गरिएको सचेतना कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न सरकारी कार्यलयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, धनकटा नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थिहरु, राष्ट्रसेवक कर्मचारीहरु, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना लगायतको उल्लेख्य सहभागितामा धनकुटा वसपार्कमा भेला भएर प्लेकार्ड सहित वजारको विभिन्न भागको परिक्रमा गर्दै सचेतना ¥याली आयोजना गरिएको थियो ।