सुनसरी । भन्सार छलेर ल्याइएको सामान सहित पिकअप गाडीलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलिले अवैध रूपमा भन्सार छलेर ल्याउदै गरेको अवस्थामा १६ लाख बढीको सामान बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

भन्सार छलेर ल्याउने सामानहरु नियन्त्रणमा लिने क्रममा सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर १७ स्थित पुर्वपश्चिम राजमार्गबाट को। २.च. १४७० नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा सो गाडीबाट रेडिमेड कपडा बरामद गरिएको हो ।

बरामद गरिएको पिकअक गाडीको १० लाख र कपडाको छ लाख ११ हजार ३० रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाईएको उनले बताए । अवैध रूपमा कपडा लाने  चालक जिल्ला सिन्धुपालचोक त्रीपुरा सुन्दरी गाउँपालीका वडा नम्बर ३ बस्ने ३५ वर्षका  फुलकाजी खत्रीलाई समेत नियन्त्रणमा लिइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई महिनाको अवधिमा एक करोड लाख बराबरको सामान बरामद गरेको छ । साउनदेखि भदौ २९ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानबाट राजस्व छलेर ल्याइएको एक करोड ४५ लाख ११ हजार ३० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।