विराटनगर । विराटनगरमा सट्टेबाजी खेल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ बाट मोरङ प्रहरीले सट्टेबाजी खेल्ने चार जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–११ पिचराका ४२ वर्षीय राजेश ठाकुर, सोही ठाउँका २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ, २३ वर्षीय अजय सहनी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका आरोपीहरूले एसिया कप क्रिकेट खेलमा सट्टेबाजी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट खेलमा प्रयोग गरिएको ४ थान मोबाइल र १८ हजार ५ सय रूपैयाँ नगदसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।