भद्रपुर। अवैध रुपमा काठ साइकलमा राखेर चोरी तस्करी गर्ने पाँचजना दमकबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ईलाम चुलाचुली ५ बस्ने १९ वर्षिय नविन लिम्बू , वडा नं ३ बस्ने २० वर्षिय सुजन श्रेष्ठ,सोही ठाउँका ३० वर्षिय धनपति न्यौपाने ,.फाकफोकथुम ३ बस्ने २० वर्षिय रमेश लिम्बु र पाँचथर तुममेवा १ बस्ने २२ वर्षिय विवेक लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार बिहान ३ बजे दमक वडा नं.२ आम्दा रोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ थान साईकलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अवैध रुपमा सिसौको जातको गोलिया ५ थान (२६.८५ क्यु.वि.), सखुवा जातको चिरान काठ १४ थान (११.९५ क्यु.वि.) गरी जम्मा ३८.८० क्यु.वि. काठ र काठ काट्ने साधनसहित फेला पारी उनीहरुलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि सब डिभिजन बन कार्यालय बेलडागी दमकमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।