मोरङ । मोरङको विराटनगर महानगरपालिका -१४ स्थितबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार बेलुका लागुऔषध बिक्री वितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-८ घर भई बिराटनगर-१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजुसहित सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, विराटनगर-१५ का २४ बर्षीय बरुण साह, विराटनगर-३ का ३० बर्षीय आशिस हमाल, विराटनगर-१३ का ३० बर्षीय सुलभ रिजाल र धरान-२० का २३ बर्षीय रोशन लिम्वु समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट लागूऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।