बिर्तामोड । सामाजिक सञ्जाल फेसबुकमा बिर्तामोड नगरपालिकाका मेयर र उपमेयरविरुद्ध भ्रम फैलाएको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड नगरपालिका–४ का राजु बिमलीलाई नियन्त्रणमा लिएको डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

बिमलीलाई आइतबार दिउँसो उनको घरबाटै नियन्त्रणमा लिएको हो । बिमलीले शनिबार राति बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको तस्बिर राखेर मेयर र उपमेयर हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोष्ट गरेका थिए ।

दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सञ्जालमार्फत् गलत सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिएको डीएसपी कुँवरले बताए । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

बिमलीमाथि अनुसन्धान भइरहेको तथा केही कायलनामा गराएर छोड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।