देउराली ।  सासूमाथि खुकुरी प्रहार गरेर आफैले घाटी रेटेपछि एक पुरुषको मृत्यु भएको छ । 

बिहीबार अपराह्न साढे पाँच बजे भोजपुरको पौवादुम्सा गाउँपालिका ५ सानोदुम्साबाट धरान ८ गुम्बा मार्ग ससूराली आएका  ४१ वर्षीय रामबहादुर रम्तेलले आफ्नै सासू  ७१ वर्षीया नरमाया भुजेलमाथि खुकुरी प्रहार गरी घाइते बनाएपछि उक्त खुकुरीले आफैले  आफ्नो घाटी रेटेपछि घटना स्थलमै रम्तेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

कार्यालयका अनुसार रम्तेलको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी उनकी सासू नरमायाको भने विराटनगरस्थित  विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ । उनको  टाउकोको बायाँ पट्टी कान समेत काटिने गरी गम्भीर चोट लागेको प्रहरीले जनाउको छ । 

मृतक रम्तेकी श्रीमती वैदेशिक रोजगारमा रहेको र छोरा धरान १६ मा डेरा गरी बस्ने गरेको खुलेको प्रहरीले जनाएको छ । मृतक रम्तेलले दाजुको घरमा बस्दै आएकी सासूलाई भेट्नासाथ वैदेशिक रोजगारका रहेकी श्रीमतीसँग फोनमा कुरा गराएको र  भेटको केही मिनेटको अन्तरालमै आफैले बोकेर ल्याएको खुकुरीले सासूमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।  खुकुरी प्रहारबाट घाइते भएकी सासूलाई स्थानीयले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेकोमा थप उपचारका लागी राति नै विराट नर्सिङ अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । 

सासूमाथि आक्रमण गरे लगत्तै खुकुरीले आफ्नै घाटी रोटेको रम्तेलको घाटीमा गम्भीर चोटका कारण घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ज्वाइँ सासू बिचको विवादको कारण नखुले पनि घरायसी विवादकाकारण रम्तेलले सासूमाथि खुकुरी प्रहार गरी घाटी रेटिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

Capture1