धरान । झापाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थसहित झापा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले झापा हल्दिबारी गाउँपालिका ४ का ३५ वर्षीय जेमिल महमदको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो । उनको साथबाट ७ ग्राम ९२ मिलिग्राम बरामद गरेपश्चात् सोधपुछ गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका ५ का ३५ वर्षिय अर्जुन राजवंशी र भारत विहार प्रान्त किसनगञ्ज जिल्लाका २८ वर्षीय जम्सेद आलमलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
आरोपित महमदले अन्य दुईजनाको पनि संलग्नता रहेको खुलाएको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी वसन्त पाठकले जानकारी दिए । उनीहरूलाई भदौ ६ गते साँझ ७ बजेतिर पक्राउ गरिएको हो । उनीहरूको साथबाट नगद ७९ हजार र मे६ प ५६१९ नम्बरको स्कुटी पनि बरमद गरिएको छ । उनीहरूलाई जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।