धरान । झापाको दमक नगरपालिका–१० रतुवा पुलबाट प्रहरीले अवैध रूपमा भिœयाएको विभिन्न सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले मे.१ च ६७९० नम्बरको पिकअप गाडी जाँच गर्दा चिनी, बिँडी, खैनी र कुरमुरे बुधबार बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वसन्त पाठकका अनुसार १६ बोरा चिनी, ४ कार्टुन बिँडी, ५ बोरा खैनी, ३ बोरा कुरमुरे नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार अन्दाजी ६ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको सामग्रीसहित झापा दमक नगरपालिका–७ का ४१ वर्षीय चालक नारायण बस्नेतलाई नियन्त्रणमा लिइएको छ ।

बरामद सामग्री र चालक बस्नेतलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।