धरानमा बालिका करणी गरेका आरोपमा एक जना पक्राउ परेका छन् ।
फरक क्षमता भएकी बालिकालाई करणी गरेको आरोमा ८ नम्बर वडा स्थित गुराँस चोक नजिकै ५२ वर्षीय व्यक्ति पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार करिब २ महिना अघि करणी गरेका भन्दै बालिकाले दिएको उजुरीका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।
आरोपी उक्त पुरुष पक्राउ परेसँगै हिजै बालिकाको स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य परीक्षणका क्रममा डाक्टरको रिपोर्टका अनुसार बालिका गर्भवती रहेको बताइएको छ । पक्राउ परेका पुरुषलाई सुनसरी जिल्ला अदालतबाट म्याद थपको प्रक्रिया भइरहेको कार्यालयले जनाएको छ ।
बोल्न र राम्रोसँग हिँड्न नसक्ने ती १६ वर्षीय बालिका आरोपी पुरुषको घरमा डेरा गरी बस्ने गरेको प्रहरीले जनाएको छ । घरका बुबा–आमा नभएको बेलामा करणी गरीको भए पनि बालिकाको रजस्वला रोकिएको र बान्ता गर्न थालेपछि सोधपुछ गर्दा करणी भएको र गर्भवती समेत रहेको खुलेको बालिकाकी आमाले बताएकी छिन् ।