कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुरका गिता गुरुङलाई प्रहरीले पक्राउ गरेकाे छ । 

भोजपुर खार्ताम्छा घरभइ काठमाडौं बुढानिलकण्ठ बस्ने ४३ वर्षीया  गुरुङलाई सोमबार अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको कार्यालयले जनाएकाे छ । 

पक्राउ परेकी  गुरुङ माथी जिल्ला अदालत चितवनको २०७७ माघ १२ गतेको गरेकाे फैसलाले कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय ताेकेकाे थियाे । 

फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त कार्याललयले जनाएकाे छ ।