धनकुटा । आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भएका एक १५ वर्षीय बालक पक्राउ परेका छन् ।

घटना गत असार २८ गते दिउँसो भएको हो । पीडित बालिकाका आफन्तले आइतबार जितपुर प्रहरी चौकीमा उजुरी दिएका थिए । बालिकाको परिवारले दिएको उजुरीको आधारमा करणी गर्ने बालकलाई प्रहरीले पक्राउ गरी सोमबार जिल्ला अदालत धनकुटामा म्याद थप गरेर आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

महालक्ष्मी नगरपालिका–७ स्थित लक्ष्मी खोलामा पौडी खेल्न जाने क्रममा ८ वर्षीया बालिकालाई ललाई फकाई नजिकैको मारेककटहरे सामुदायिक वनमा लगेर ती बालकले करणी गरेको आफन्तले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।