विजयपुर । धरानमा दुर्घटना न्युनिकरण गर्नका लागि ब्यारिकेट सहयोग गरिएको छ ।
शनिबार धरान-१६ समीचोकमा दुर्घटना न्यूनिकरण उदेश्यले सियोन स्कुल धरानको तर्फबाट ब्यारिकेट सहयोग गरिएको हो ।
जिल्ला ट्राफिक कार्यालय सुनसरीको रोहवरमा ४ थान ब्यारिकेट सहयोग गरेको हो । ब्यारिकेट धरान-१६ समीचोकको उत्तरमा २ वटा र दक्षिणमा २ वटा राखिएको हो ।
फराकिलो चोक र तीब्र रूपमा गाडीहरू कुदिरहेकाले दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक कार्यालय सुनसरीमा प्रमुख श्यामकुमार बस्नेतले बताए । ब्यारिकेट ३० मिटरको दुरीमा राखिएको छ । कार्यक्रममा धरान-१६ का वडाध्यक्ष मुरारी भट्टराई र ट्राफिक प्रहरी असइ नारायण प्रसाद दाहाललगातको उपस्थिति रहेको थियो ।