धरान । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट एक युवालाई ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

भारत दार्जिलिङ मिरिक पश्चिम बङ्गाल बस्ने २७ वर्षीय अनुप प्रधानलाई चेकजाँचको क्रममा पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

उनको साथबाट लिस्याइलो पदार्थ ६ ग्राम र मोबाइल एक थान बरामद गरेको हो ।