धरान । धरान मासु व्यवसायी सङ्घको अध्यक्षमा पुनः मदन तामाङ सर्वसम्मत चयन भएका छन् ।
सङ्घको सोह्रौं साधारणसभा तथा नवौँ अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भजन शाही, सचिव वरदान भरत राई, सह–सचिव शान्तिकुमारी श्रेष्ठ, कोषाध्यक्षमा बमबहादुर खड्का र सह–कोषाध्यक्ष अमित खड्गी चयन भए ।
यसैगरी सदस्यहरूमा कमला दनुवार, विनिता तामाङ, देव साह, खिलमान खजुम, सन्तोष खड्गी, मीनकुमार दाहाल र प्रफिलाल तामाङ रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख अइन्द्रविक्रम बेघाले मासु व्यवसायीहरूको हक र अधिकारका लागि सहकार्य गरेर अगि बढ्ने प्रतिबद्धता जनाए । त्यसक्रममा मासु व्यवसायीले ज्ञापन–पत्रसमेत बुझाएका थिए ।