विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ७ स्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ताको साढे पाँच हेक्टर खाली क्षेत्रफलमा वृहत वृक्षरोपण गरिएको छ ।
चुरे दिवसमा प्रदेश १ का वन तातावरण तथा भू– संरक्षणमन्त्री शेखरचन्द्र थापाले वृक्षरोपणको शुभराम्भ गरेका थिए । राष्ट्रियपति चुरे तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ सलपकपुरको आयोजनामा डिभिजन वन कार्यालय मोरङ र कानेपोखरी गाउँपालिकाको सहयोगमा जामुन, मसला, टिक, करमलगायतका ८ हजार विरुवा रापिएको छ ।
वृक्षारोपणका अवसरमा मन्त्री थापाले चुरेको संरक्षण आवश्यक रहेको र अभियानको रुपमा वृक्षारोपण अघि बढाउनुपर्नेमा जोड दिए ।