विराटनगर । विश्वप्रसिद्ध कम्पनीका डेकोरेटिभ लाइट र इन्टेरियर डिजाइनसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यसहित इटहरीमा ‘भिस्टा इलेक्ट्रिक एण्ड होम डेकोर’ सञ्चालनमा आएको छ । विराटनगरका व्यवसायीले सञ्चालनमा ल्याएको उक्त शोरुम बुधबारदेखि सञ्चालनमा आएको हो ।

शोरुमको उद्घाटन प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमाले प्रदेश १ का संसदीय दलका नेता भीम आचार्यले गरे । भिस्टा इलेक्ट्रिक विराटनगरको शनिमन्दिरमा पनि रहेको छ । विराटनगरपछि भिस्टा इलेक्ट्रिकको शाखा इटहरीमा पनि विस्तार गरेको सञ्चालक जिसान आलमले जानकारी दिए ।

इटहरी पश्चिम लाइनमा सञ्चालनमा ल्याइएको भिस्टाले भारत तथा चीनमा निर्मित डेकोरेटिभ लाइटहरू, झुमर, होल्डिङ लाइट, वाल तथा स्पोट लाइटहरू पाइन्छ । यस्तै इन्टेरियरसम्बन्धी थ्रिडी डिजाइन बनाउनुका साथै आवश्यक सामग्रीहरूसमेत उपलब्ध गराउने भिस्टा इलेक्ट्रिक एण्ड होम डेकोरका सञ्चालक जिसान आलमले बताए ।

व्यवसायी आलमले विराटनगर महानगरपालिकाको धरानरोड र शनिमन्दिर रोडमा समेत भिस्टाकै नामले विभिन्न २ वटा शोरुमहरू यसअघिदेखि नै सञ्चालन गर्दै आएका छन् । इटहरीमा झण्डै १ करोड ५० लाख रुपैयाँ लगानीमा शोरुम सञ्चालनमा ल्याएको जनाइएको छ ।

डेकोरेटिभ लाइटहरू आधुनिक भवनका कोठाहरूका साथै होटल, कार्यालय र सभाहलहरूमा साजसज्जा तथा प्रकाशका लागि जडान गरिन्छ । शोरुम उद्घाटनको अवसरमा भिस्टाले असार १ देखि ८ गतेसम्म १५ प्रतिशत छुट दिने घोषणासमेत गरेको छ ।

vista