विराटनगर । नेपाल अग्रवाल महिला मञ्चले मालपोत कार्यालय मोरङ र मोरङ जिल्ला अदालतमा आउने सेवाग्राहीलाई लक्षित गर्दै चिसो पानी निर्माण गर्ने मेसिन जडान गरिदिएको छ ।

निर्जला एकादशीको अवसर पारेर आइतबारे मञ्चले चिसो पानीको मेसिन जडान गरिदिएको हो । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले मेसिनको उद्घाटन गरे ।

उक्त मेसिन समाजसेवी महावीरप्रसाद गोयल र दीनबन्धु गोयलले स्वर्गीय गौरीदेवी गोयलको पुण्य स्मृतिमा प्रदान गरेका हुन् । दिवङ्गत गौरीदेवी महावीरकी धर्मपत्नी हुन् ।

निर्जला एकादशीका दिन जलदानको विशेष महत्व छ । मञ्चका अध्यक्ष अनिता कलक तियाका अनुसार कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडिया र मोरङ बार एसोसिएसनका अध्यक्ष कल्याण केसीको सहभागिता थियो ।

pani1