प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको बलिदान एवं सङ्घर्षबाट प्राप्त गणतन्त्रणको सफल कार्यान्वयनमा हामी सबै लाग्नुपर्ने बताएका छन् । पन्ध्रैैँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज विराटनगर–१३स्थित पूर्वाञ्चाल बालसेवा आश्रममा रहेका आश्रितलाई फलफूल वितरणका क्रममा उनले सो कुरा अताएका हुन् ।
मुख्यमन्त्री राईले गणतन्त्र स्थापनाबाट मुलुकमा क्रमशः विकासको गति अगाडि बढ्दै गइरहेको र नागरिकको आर्थिक समृद्धि एवं जीवनस्तर पनि वृद्धि भइरहेको छ भने । राज्यको कुनै लगानी नभएको तर जनसहयोगबाटै सञ्चालित यस आश्रमको गतिविधिले अन्य सरोकारवाला निकायलाई प्रेरणा मिल्ने धारणा व्यक्त गर्दै उनले आश्रमलाई आवश्यक पर्ने सहयोग र सवारी साधनका लागि आगामी बजेटमा व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।
आश्रमकी संस्थापक अध्यक्ष सीता पोखरेलले मुठ्ठी दान र दैनिक रु दुई सङ्कलनबाट आश्रम सञ्चालन भइरहेकोे जानकारी दिए । विसं २०४४ स्थापित उक्त आश्रममा ८० बालबालिका तथा वृद्धवृद्धाले आश्रय लिइरहेका छन् ।