विराटनगर ।  भारतदेखि तस्करी गरि ल्याएको ठूलो परिमाणको केराउ प्रहरीले बरामद गरेको छ ।

विराटनगर – ९ गुद्रीमा खाद्यन्यको थोक पसल संचालन गर्ने व्यापारीले क्याररिङ्गमार्फत तस्करी गरि ल्याएको केराउ प्रहरीले बरामद गरेको हो ।

एक दर्जन बढी क्यारिङ्ग गर्ने प्रयोग गरि भारतदेखि अवैध रूपमा केराउ ल्याउने गरेको थिए । तस्करी गरि ल्याएको केराउ गुद्रीमा भण्डारन गरि राख्ने गरेका थिए । तस्करीको केराउ अन्यन्त्र पढाउने गरेको प्रहरीले पत्तो पाएपछि सोमबार ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरेको ४ हजार २ सय केजी केराउ मोरङ प्रहरीबाट खटिएको विशेष प्रहरी टोलीले बरामद गरेको छ ।

प्रहरीले बरामद गरेको उक्त केराउ ४ लाख मुल्य बराबरको रहेको छ । प्रहरीले केराउसहित काभ्रे पाँचखाल ६ का ५२ वर्षिय  ट्रक चालक गोपालनाथ राईलाई पनि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले बरामद गरेको केराउ विराटनगरको गुद्रीका अनिल साहको रहेको बुझिएको छ ।