विराटनगर । सस्तोमा घर बनाइदिन्छु भन्दै विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गिरोह मोरङको दक्षिण पूर्वी क्षेत्रको ग्रामिण बस्तीमा सक्रिय रहेको पाइएको छ । एकपछि ठगीको घटना सार्वजानिक भइरहदा मोरङको रतुवामाइ र रंगेली क्षेत्रमा विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गिरोह पक्राउ पर्न थालेका हुन् ।

५० हजारमा दुई कोठाको पक्की घर बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले सुनसरीको भोक्रहा गाउँपालिका – ४ का ५० वर्षिय दिपेन्द्र उराँवलाई पक्राउ गरेको हो । पक्राउ परेका उराँवले मोरङको रंगेली र रतुवाइ नगरपालिकाको ग्रामिण बस्तीमा गएर सर्वसाधरणहरूलाई ५० हजारमा दुई कोठाको पक्की घर बनाइदिने भन्दै ठगी गरेको प्रहरीको भनाई छ । 

उनले यसरी ४० जना भन्दा बढी सर्वसाधरणहरूबाट रकम लिएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘ग्रमिण बस्तीमा पुगेर सर्वसाधरणलाई सस्तोमा पक्की घर बनाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गरेको पाइएको छ । ५० हजारमा दुई कोठाको पक्की घर बनाइदिने र पहिलो किस्ता १० हजार रूपैयाँ दिनुपर्ने भन्दै गाउँमा जाने गरेका रहेछन् । केही सर्वसाधरणहरूले यसरी पैसाँ पनि दिएको पाइएको छ,’ उनले भने, ‘पीडित भएका सर्वसाधरणले प्रहरीमा जाहेरी दिएपछि पक्राउ गरिएको हो ।’

पक्राउ परेका उराँवले रंगेली ५ आँपगाछी र सुनवर्षी ९ डानियाका ८५ जना सर्वसाधरणलाई घर बनाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूबाट उराले १५ देखि २० लाख रूपैयाँ उठाएको पीडितहरूले बताएका छन् ।

प्रहरीले उराउँलाई सुनवर्षी ९ डानियाबाट समूह बनाउदै गरेको अवस्थमा इलका प्रहरी कार्यालय रंगेलीको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उरालाई प्रहरीले ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको छ । 

यसअघि पनि मोरङको धनपालथानदेखि सहकारीको नाममा ठगी धन्दा गर्ने दुई जना गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । 

धनपालथान गाउँपालिका – ५ मा बित्तिय संस्थाबाट आएको सस्तो ब्याजमा ऋण दिने भन्दै प्रलोभनमा पारि सर्वसाधरणलाई ठगी गरेको पाएपछि इप्रका रंगेलीले विराटनगर महानगरपालिका १० का ५१ वर्षिय कार्तिकेश झा र सोही ठाउँका ४० वर्षिय अन्जनी कुमार साहलाई पक्राउ गरेको थियो । 

विराटनगरमा बसेर उनीहरुले मोरङको ग्रामिण क्षेत्रका सर्वसाधरणलाई आफ्नो प्रभावमा पारेर बित्तिय संघसंस्थाको माध्यमबाट ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी जनाएको छ । पक्राउ परेका समूहबाट  फागुन १९ गते धनपालथान गाउँपालिका ५ स्थितका सर्वसाधरणहरुलाई  किसान वित्तिय संस्थाबाट आएका कर्मचारीहरु भन्दै रकम संकलन गरेका थिए ।

उक्त संस्थाबाट ऋण प्राप्त गर्न पहिले  ८ हजार  पैसा सहित परिचय खुल्ने कागजहरु र फोटो पेश गर्नुपर्छ भनि नगद पैसा ठगि गरी गएका थिए ।