उदयपुर बेलका नगरपालिकामा १५ वर्षीय किशोरीको शव फेला परेको छ । नगरपालिकाको ३ नम्बर वडामा यशोदा खोला किनारमा  घोप्टो परेको अवस्थामा कविता सुनुवारको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

कार्यालयका अनुसार आज बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी सुनारको शव घरबाट करिब २ किलोमिटर टाढा फेला परेको हो । शरिमा चाेटपटक देखिएकाकाे हत्या भएकाे  बताइएकाे छ । प्रहरीले अनुसन्धानकालागी स्थानिय विनोद ढकाल र सरिता खत्रीलाई नियन्त्रणमा लिएको बताइएकाे छ । नियन्त्रणमा दिइएका दुबैजनाला म्याद थपका लागी गाइघाट लगिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले जानकारी दिएका छन् ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत सुनुवारकाे क्रूर र हिंस्रक ढङ्गले हत्या भएको भन्दै विद्यालयले एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन माग गरेका छन् ।


Koshi-janata-mavi-reease (1)