झापामा माेटरसाइकल चाेरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराव, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका १ का ३०  वर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ वर्षीय महम्मद समिम रहेका छन् । 

 जिल्लाका  बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीको घटना बढेपछि  र बारी धनीबाट  लिखित निबेदन परेसंगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म पहिचान र  निगरानी गर्ने क्रममा  प्रकाश सहनीले  मोटरसाईकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा निजलाई पक्राउ गरेपछि उनकै बयानका  आधारमा चोरीमा संग्लग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको कार्यालयले जनाएकाे छ । 

पक्राउ परेका उनिहरूकाे साथबाट बिभिन्न समय र  स्थानबाट चोरी गरेका ७ थान मोटरसाईकल समेत बरामद भएको कार्यालयले बताएकाे छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।