धरान । झापा प्रहरीले लागूऔषधसहित ७ जना युवालाई झापाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

मंगलबार वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरको टोलीले चारजना युवालाई भद्रपुर नगरपालिका ५ बाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका ९ का २६ वर्षीय प्रकाश खुलाल, बझाङ सुर्मा गाउँपालिका ३ का २२ वर्षीय सञ्जय बोहरा, झापा बिर्तामोड नगरपालिका ९ का धनसिंह राजवंशी र रोशन शिवालाई पक्राउ गरेको हो ।

drug_bajhang_jhapa_arrested (4)

खुलाल र बोहराको साथबाट नाइट्राजेपाम ४५० ट्याब्लेट, ट्रामाडोल १६ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवम् प्रवक्ता वसन्त पाठकले जानकारी दिए । त्यस्तै राजवंशी र शिवाको साथबाट डाइजेपाम ३६ एम्पुल, फेनारगन २९ एम्पुल, लुपिजेसिक ३७ एम्पुल बरामद गरिएको छ । उनीहरूलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

drug_bajhang_jhapa_arrested (3)

यस्तै मंगलबार नै झापा अर्जुनधारा नगरपालिका ११ बाट प्रदेश १–०१–००२ ह १०१ नम्बरको अटो ट्याम्पु जाँच गर्ने क्रममा लुपिजेसिक २०० एम्पुल, एबट २०० एम्पुल, डाइजेपाम २०० एम्पुल र नाइट्राभेट ३०० ट्याब्लेटसहित तीनजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा अटो चालक झापा भद्रपुर १ का २३ वर्षीय सुमन मिश्र, अटोमा सवार सोही ठाउँका २७ वर्षीय युगल खत्री र २४ वर्षीय शंकर लिम्बू रहेका छन् । अटोको सिट मुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा लागूऔषध बरामद गरिएको हो । उनीहरूलाई पनि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी पाठकले जानकारी दिए ।

drug_bajhang_jhapa_arrested (2)