झापाका छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउसो भद्रपुर नगरपालिका ५ नँया बजार स्थितमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका ९ का २६ बर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका ३ का २२ वर्षीय संजिव बोहरालाई नाईट्राजेपाम ४५० ट्याबलेट र ट्रामाडोल १६ क्याप्सुल सहित वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएकाे उक्त कार्यालयले जनाएकाे छ ।
त्यसैगरी अर्जुनधारा नगरपालिका ११ मा प्रदेश १–०१–००२ ह १०१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा अटो चालकको सिट मुनि लुकाइ छिपाइ राखेको लुपिजेसिक २०० एम्पुल, एबट २०० एम्पुल, डाईजेपाम २०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेट बरामद भए सगै अटोचालक भद्रपुर १ का २३ बर्षीय सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ बर्षीय युगल खत्री र २४ बर्षीय शंकर लिम्बुलाई नियन्त्रणमा लिएको अस्थायी प्रहरी बिट नयाँ बसपार्क बिर्तामोडले जनाएकाे छ। पक्राउ परेका ५ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।