रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेको हो ।
नयाँ भिडियो सन्देशमा उनले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनु पर्ने उल्लेख गरेको छ । रुसले आक्रमण गरेको पाँचौ दिनमा उनले रुससँग लड्नका लागि आफूलाई सजिलो हुने र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताए ।
उनले भिडियो सन्देशमा भनेको छ, “अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ ।”
अहिले सबै कुराको छलफल गर्न सम्भव नभएको र आफूहरु निकै अप्ठेरो अवस्थामा रहेको पनि ४४ बर्षीय राष्ट्रपति जेलिन्स्किले सन्देशमा उल्लेख गरेको छ ।
युरोपेली सवै देशहरुसँग आफू मिलेर काम गर्न र सँगसगै रहन चाहेकोमा उनले जोड दिएको छ ।