कुनै बेला प्रवेशिका परीक्षा (एसएलसी) लाई फलामे गेटका रूपमा लिइन्थ्यो । त्यसबेला एसएलसी उत्तीर्ण हुनुलाई ठूलै महŒवका साथ हेरिन्थ्यो । अहिले एसएलसी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा परिवर्तन भएयता यसको महŒव खस्कँदो छ । अहिले एसईई उत्तीर्ण हुनुलाई आम मानिन्छ । एसएलसी जस्तै प्लस टु अर्थात् प्रवीणता प्रमाण–पत्र तह (आइए) उत्तीर्ण हुनु पनि फलामको च्यूरा चपाउनु जत्तिकै थियो । अहिले स्थिति फरक बन्दै गएको छ । प्लस टुलाई पनि सामान्य रूपमा लिन थालिएको छ । आखिर यो शैक्षिकस्तर खस्किएको परिणाम हो या शिक्षामा आएको परिवर्तन । विषय एकदमै गम्भीर छ । किन यस्तो भइरहेको छ, कुनै पनि एउटा विद्यार्थीको मापन जुन स्तरमा भइरहेको छ, त्यो ठीक छ या बेठीक छ । यो प्रश्नको उत्तर गम्भीर बन्दै गएको अवस्था छ । यस वर्ष ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । यो अहिलेसम्मकै धेरै हो । उत्तीर्ण सङ्ख्यालाई आधार मान्दा राम्रै मान्नुपर्ला । तर, गम्भीर भएर शिक्षाको अवस्थालाई हेर्ने हो भने यो सङ्ख्या ठीक होइन । यसपटक प्लस टुको परीक्षा आफै अध्ययन गरेको विद्यालय अर्थात् ‘होम सेन्टर’ मै दिइएको थियो । यसले निश्चित नै ए प्लस ल्याउनेको सङ्ख्या बढ्नेमा जानकार नै थिए ।
हाम्रो प्रश्न उत्तीर्ण सङ्ख्यालाई लिएर होइन, परीक्षा मर्यादित र संयमित भयो भएन भन्ने हो । हिजो एसएलसीलाई फलामे गेट भन्नुपर्ने अवस्था थियो भने आज अवस्था फरक छ, यस्तो किन भइरहेको छ ? आज प्लस टुको परीक्षा एसएलसीभन्दा पनि मर्यादित नभएको प्रसङ्ग आउने गरेको छ । विद्यार्थी उत्तीर्ण सङ्ख्या देखाएर मात्रै हाम्रो शिक्षा गुणस्तरीय हुँदैन । गुणस्तरीय बनाउनका लागि शिक्षामा जुन मूल्याङ्कनको विधि र पद्दति अपनाइन्छ, त्यो चाहिँ महŒवपूर्ण बनाउनुपर्ने आवश्यकता खड्किँदै गएको छ । हाम्रो शिक्षाको स्तरमाथि दिनानुदिन प्रश्न उठ्ने अवस्था आउँदै छ । आज प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई उनीहरूले नै अध्ययन गरेको विषयबारे सोध्दा सामान्यभन्दा सामान्य विषयबारे बताउन सक्ने क्षमता राख्दैनन् । यो कसरी उत्पन्न भइरहेको छ ? यसको लेखाजोखा विद्यालय तथा मूल्याङ्कनको जुन विधि तथा पद्दति छ, त्यो नै कहीँ न कहीँ त्रुटिपूर्ण त छैन ? यस विषयमा हामीले गहिरो अध्ययन अनुसन्धान गर्ने बेला सुरु हुँदै गएको छ । हाम्रा शिक्षासेवी, विद्वान् तथा दिग्गजहरूले यसबारे गम्भीर अध्ययन गर्ने बेला आएको छ । हाम्रा परीक्षाहरूमा पक्कै पनि हिजोको जस्तो कठोर प्रणाली अपनाइनु पर्छ । सहज रूपमा उत्तीर्ण हुने वातावरण तयार नगर्नका लागि शिक्षा मन्त्रालयले पनि गम्भीर भएर अध्ययन गर्नु आवश्यक छ ।
हामी हिजो एसएलसी उत्तीर्ण गरेको व्यक्ति भन्ने बित्तिकै निकै महŒवका साथ हेथ्र्याैं । त्यसो हुनुका पछाडि परीक्षा पनि मर्यादित हुन्थे । मूल्याङ्कन विधि तथा पद्दति पनि ठीक थियो । तर, आज अवस्था फरक आउनुमा दोष कसको ? के हामीले परीक्षालाई थप मर्यादित बनाउने अवस्था सिर्जना गर्न सक्दैनौं ? परीक्षालाई मर्यादित बनायौं भने त्यहाँबाट छानिएर आउने विद्यार्थीहरू भविष्यमा जुन मार्गमा गए पनि उनीहरूले सहज रूपमा समाज र देशका लागि केही गर्न सक्ने योग्य व्यक्ति बन्नेछन् । तर, आज हाम्रो परीक्षा प्रणालीमा आएको खुकुलोपनका कारण उच्चशिक्षा हासिल गरेका हाम्रा विद्यार्थीहरू बरोजगार बनिरहेको अवस्था छ । यो हुनुका पछाडि परीक्षा मर्यादित नहुनु पनि हो । परीक्षा प्रणालीमा व्यापक सुधार नगर्ने हो भने हाम्रा उत्पादनहरू शैक्षिक बेरोजगार भएर रहनेछन् । त्यसको सम्पूर्ण दोष पनि राज्यले नै लिनुपर्ने छ । हातमा डिग्रीको सर्टिफिकेट बोक्नेको सूची लामो हुँदै जानेछ । त्यो बेला त्यस्ता सर्टिफिकेटवालाहरू अरबको खाडीमा गैंती र बेल्चा हान्दै हुनेछन् । राज्यले त्यो वातावरण सिर्जना गर्ने हो कि ‘कपडछन’ बाट छान्ने वातावरण सिर्जना गर्ने हो, त्यो जिम्मा राज्यलाई ।