धरान । धरान -१५ स्थित खाेरिया बस्तीमा रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शब फेला परेको छ ।
४२ वर्षीय अमर बराइलीको शव झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो । मृतक बराइली मङगलबार दिउँसो ३ बजे देखी घरबाट हराएका पविारका सदस्यले जानकारी गराए । मृतक बराइली घर निमार्ण गर्ने मिस्त्री हुन्।
गए राती साढे आठ बजेको समयमा स्थानीयहरु पुल नजिकै जंगल जाँदा घटना देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बेलुका घटना स्थल सुरक्षित गरी बिहान मात्र लासको मुचुल्का तयार गरेको हो ।
वीपी कोइराला स्वाथ्य प्रतिष्ठान धरानमा शव पोष्टर्माटम गर्न लाने तयारी गरिरहेको प्रहरीले जनाएको छ । मृतक झुण्डीएको हेर्दा असामान्य जस्तो देखिएपनी वाहिरी कुनै पनि चोटपटक नदेखिएको प्रहरीको भनाई छ ।
घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।