अनुपमा चौधरी र निमिता मण्डल चौधरीको स्वरमा सजिएको थारु गीत ‘ऐ सोह्र वर्ष हमरा वनिया लागैछय’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
प्रविधिको जमानापूर्व हुलाकमार्फत् प्रेमपत्र लेख्दाको विषयलाई गीतमा देखाउन खोजिएको छ । गीतमा मोडल एण्डिसा चौधरीको अभिनय रहेको छ । नन्द चौधरीको शब्द रहेको गीतमा प्रवलदीप विश्वासको सङ्गीत रहेको छ ।
कोरियोग्राफर डाइरेक्टर रजनिस चौधरी रहेका छन् भने भिडियोको निर्माता तथा सम्पादक नवीनकुमार चौधरी रहेका छन् । वराहक्षेत्र, रामधुनी नगरपालिकाका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।