धरान । धरानमा विभिन्न कार्यक्रमसहित भ्यालेन्टाईन डे मनाइएको छ ।

धरानको ‘हाङ्कुक साराङ कोरियन रेष्टुरेन्ट’ले आफ्ना ग्राहकहरुका लागि आइतबार विशेष साङ्गीतिक कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा ‘वाईवाई नेपाल स्टार’का उपविजेता सन्देश बम्जन लामाले साङ्गीतिक प्रस्तुती दिए । 

उनले वाईवाई नेपाल स्टारको उपविजेता बनेपछि धरानमा पहिलोपटक गाएका हुन् । आइतबार साँझ रेष्टुरेन्टमा आयोजीत भ्यालेन्टाईन डे साङ्गीतिक साँझमा विभिन्न गीतहरु गाएर सन्देशले स्रोता, दर्शकलाई मुग्ध बनाए । प्रेम उत्सवमा रमाउन हाङ्कुक साराङ पुगेकाहरु सन्देशको साङ्गीतिक प्रस्तुतीसँगै झुमे । दर्शक तथा स्रोताको साथ पाएका सन्देश पनि उत्साहित बनेर गाईरहे । उनले भने, ‘पहिला पनि कार्यक्रमहरुमा धेरै पटक गाएँ तर वाईवाई नेपाल स्टार पछि पहिलोपटक आफ्नै ठाउँमा गाउँदा विशेष उत्साह छायो ।’

प्रेम उत्सवमा रमाउन चाहनेहरुका लागि गोर्खा ब्रुअरीको प्रायोजनमा हाङ्कुक साराङले आयोजना गरेको भ्यालेन्टाईन विशेष साङ्गीतिक कार्यक्रममा सहभागीहरुले मध्यरातसम्म नाचेर गाएर मनोरञ्जन लिए । विभिन्न अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको रेष्टुरेन्टका सञ्चालक महेश श्रेष्ठ बिकी आफ्ना ग्राहकहरुको मनोरञ्जनका लागि विशेष अवसरमा साङ्गीतिक कार्यक्रम आयोजनालाई निरन्तरता दिईने बताउँछन् । 

कार्यक्रमका केही झलकहरु : सबै तस्वीर  हाङ्कुक साराङ कोरियन रेष्टुरेन्टकाे पेजबाट

kbb

sr

kk

bkkk

ko

bkk

kore

koe 

sarupa

bs