धरान । अभिनेतृ रेखा लिम्बुले भ्यालेन्टाईन डे स्पेशल फोटोसुट गरेकी छिन् ।
विभिन्न फिल्म र म्युजिक भिडियोमा अभिनय गर्दै आएकी धरानकी रेखाले आफ्नै डिजाईनको पहिरनमा फोटोसुट गरेकी हुन् । उनी धरान–१३ स्थित आर स्क्वायर कलेक्सन बुटिक समेत सञ्चालन गर्दै आएकी छन् । सोहि बुटिकको डिजाईन र पुनम मेकअप स्टुडियोको मेकअपमा खिचिएको फोटोमा रेखा खुलेकी छन् ।