धरान। कोरोना महामारीपछि रोकिएको नेपाली फिल्म उद्योग पुनः सल्बलाउन थालेको छ ।
पछिल्लो समय फिल्म निर्माण हुने क्रम तीव्र बनेको छ । यसक्रममा अभिनेता कर्मा अभिनित ‘फटाहा फणिन्द्रे’ बन्ने भएको छ । अरुण खड्काको निर्माण र निर्देशनमा बन्न लागेको फिल्ममा उनी मुख्य भूमिकामा देखिँदै छन् । अभिनेत्रीमा छुल्ठिम डि. गुरुङ र रोहित रुम्बा पनि छन् ।
श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालिको संयुक्त ब्यानरमा फिल्म बन्न लागेको हो । अरुणको यो डेब्यु निर्देशन हो । यसअघि ‘तिम्रो लागि, पाठशालालगायतका फिल्म निर्माण गरेका थिए । फिल्मको छायाङ्कन चैतको पहिलो साताबाट सुरु हुँदैछ ।