धरान। निर्माणाधीन फिल्म चुरीफुरीमा मोडल अभिषेक श्रेष्ठ डेब्यू गरेका छन् ।
पुसको अन्तिम साताबाट फिल्मको छायाङ्कन सुरु भइसकेको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा फिल्म बनिरहेको छ । फिल्ममा अभिषेकका अलावा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजङ बस्नेतको भूमिका रहेको छ ।
अन्य कलाकारले पनि ठूलो पर्दाको फिल्ममा पहिलोपटक अभिनय गरिरहेका हुन् । हास्यप्रधान फिल्ममा सामाजिक कथावस्तु रहेको छ । निर्देशक आचार्यका अनुसार ‘चुरीफुरी’ का लागि करिब ८ सय युवायुवतीले अडिसन दिएका थिए ।