सुनसरी/गायक प्रमोद खरेल आफ्नो कथा सुनाउन इटहरी आउने भएका छन् । 

शुक्रबार ओसियन पार्कमा श्रोता÷दर्शकमाझ प्रमोदले आफ्नो कथा सुनाउने आयोजक ‘अ स्टोरी अफ योङ हर्ट’ ले जनाएको छ । कार्यक्रममा उनले कथासँगै गीतहरू सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले बताए । कार्यक्रममा डाइनामिक ब्याण्डले समेत प्रस्तुति दिने बताइएको छ । 

युवापुस्तमा विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरूको कथा सुनाउने उद्देश्यले करिब एक वर्षअघिबाट सुरु भएको ‘स्टोरी टेलिङ’ कार्यक्रम लकडाउनदेखि बन्द रहेको थियो । यसअघि गायक कमल खत्रीले आफ्नो कथा सुनाएका थिए ।