विराटनगर । मिस एण्ड मिस्टर रौनियार २०७७ प्रतियोगिता हुने भएको छ । एमि इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

आयोजक समितिले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि मिस एण्ड मिस्टर रौनियार प्रतियोगिताको लागि छनौट चरणको अडिसन सुरु भएको जानकारी दिइयो । प्रतियोगिताको कार्यक्रम संयोजक भरत रौनियारको अनुसार विराटनगरमा तेस्रो चरणको अडिसन माघ २४ गते हुने भएको छ । विराटनगरमा हुने अडिसनमा तीन दर्जन बढी किशोरीहरूले भाग लिने आयोजकले अपेक्षा राखेको छ । रौनियार सामुदायका किशोरीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका अविवाहित किशोरीहरूले भाग लिन पाउनेछन् ।

यसअघि काठमाण्डौं, जनकपुर र विरगन्जमा सो प्रतियोगिताको लागि छनौट चरणको अडिसन सम्पन्न भएको कार्यक्रम संयोजक रौनियारले जानकारी दिए । ‘यसअघि तीन स्थानमा भएको छनौट चरणको अडिसनबाट २८ जना प्रतियोगि फाइनलको लागि छनौट भएका छन्,’कार्यक्रम संयोजक रौनियारले भने, ‘विराटनगरमा हुने अडिसनबाट पनि सोही संख्यामा प्रतियोगि छनौट गर्ने तयारी गरेका छौं ।’ विभिन्न चरणबाट फाइनलमा २५ जना प्रतियोगिहरूलाई लैजाने आयोजकले तयारी गरेको छ । सो प्रतियोगिताको फाइनल काठमाण्डौंमा हुनेछ । प्रतियोगितामा विभिन्न नाम दिएको एवार्डहरू रहेको छ । यस प्रतियोगिताको बिजेताले आकर्षण क्राउन, गिफट ह्याम्पर विभिन्न अवसरहरू प्राप्त गर्ने बताइएको छ । 

यस अघिको मिस्टर रौनियारमा आशिष गुप्ता र मिस निरौयारमा प्रिया रौनियारले उपाधि जितेकी थिइन् ।