धरान। सामाजिक कथामा निर्माण हुन लागेको ‘बिहे पास’ मा अभिनेता दयाहाङ राई र प्रकृति श्रेष्ठलाई अनुबन्ध गरिएको छ ।
फिल्मको निर्देशन प्रवेश पौडेलले गरेका छन् । प्रवेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा रत्न श्रेष्ठले मुख्य लगानी गरिरहेका छन् । फिल्मको छायाङ्कन चैत पहिलोसाताबाट सुरु गरिने निर्देशक पौडेलले जानकारी दिए ।
फिल्ममा आकाश बराल, सजन काफ्ले, मुरे केरको लेखन छ । सामाजिक विषयवस्तु रहे पनि फिल्म हास्यप्रधान हुने बताइएको छ । फिल्मको छायाङ्कन तराई क्षेत्रमा गर्न लागिएको छ ।