बिर्तामोड । कोभिड १९ का कारण सुस्त रहेको नेपाली चलचित्र उद्योग पुन सक्रिय हुन थालेको छ । लगभग १० महिना देखी ठप्प भएको नेपाली चलचित्र उद्योग पुन उठ्ने प्रयासमा जुटेको छ । शुक्रबारबाट झापा लगायतका पुर्वी जिल्लाहरुमा नेपाली चलचित्र ‘खतरनाक क्यारेङग्याङ’ सुटिङ हुने भएको छ ।
महिला निर्देशक हिमाली लिङदेनले पहिलो पटक उक्त चलचित्र निर्देशन गर्ने भएकी छन् । प्रथम लिम्बु समुदायकी निर्देशक लिङदेन बिर्तामोड निवासी हुन् । एस एस इन्टरनेश्नल फिम्सको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुत कर्ता भुपेन्द्र लिङदेन मन्त्री रहेका छन् ।
सो चलचित्रको कथा, पट कथा सम्वाद उदय सुब्बाको रहने निर्देशक लिङदेनले बताइन् । चलचित्रको मुख्य सहायक निदेशकमा बिश्वराज लिम्बु र अनुराग कट्टेल रहने छन । २ ओटा गीत समावेश गरिने चलचित्रमा संगित विकास चौधरीको रहेको छ ।
राजु किरातीको द्वन्द रहने चलचित्रमा नृत्य निर्देशक दिनेस पाख्रिन र ज्ञानु सुब्बाले गर्ने छन् । चलचित्र व्यावसायिक रहेको लिङदेनको भनाई छ ।
अहिलेको नेपाली समाजमा भईरहेको विकृती र विसंगती बिरुद्वमा तयार पारिएको चलचित्र एक्सन प्रदान हुने जानकारी दिएको छ । यस अघी बनेको क्यारेङग्याङ चलचित्र सुपरहिट बने पछी खतरनाक क्यारेङग्याङ चलचित्र बन्न लागेको हो ।
चलचित्रमा कलाकार गौरव पहारी, अनुप याक्सो, भुपाल बुढाथोकी,रमा लिम्बु, सन्तु मगर, बिश्व मुखिया, जिवन लिम्बु, गजेन्द्र तामाङ , भिष्म ओली, रबिना प्रधान, पुष्प बराल आदीको अभिनय रहने छ । साथमा उदय सुब्बालाई विषेस भुमिकामा देख्न पाईने छ ।
आधुनिक प्रविधीका सबै उपकरण प्रयोग गरी निर्माण गरीने चलचित्रमा करीब ६० लाख रुपैयाँ खर्च हुने चलचित्रका प्रस्तुत कर्ता भुपेन्द्र लिङदेन मन्त्रीले बताए ।