संखुवासभा/ संखुवासभाका गायक तथा संगीतकार डि जे मेवाहाङको नयाँ गीत सार्वजानिक भएको छ । गायक मेवाहाङलाई यो गीतमा चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । 

भिडियोमा चर्चित हास्य कलाकार विल्सन बिक्रम राई तक्मेबुढा र  अलिसा राईलाई देख्न सकिन्छ । आइतबार सार्वजनिक गीतमा किराँती बस्तुस्थितीका बारेमा रहेको गायक मेवाहाङले जानकारी दिए । उनले किराँत संस्कार सस्कृतिलाई चित्रण गर्दै गीत, भिडियो निर्माण गरिएको बताए ।

 गीतको भिडियोमा अभिनय गरेका तक्मेबुढाले निर्देशन गरेको यस गीतको संगीत तथा रचना डिजे मेवाहाङकै रहेको छ । भिडियोका लागि नृत्य निर्देशन भने कमल राईले गरेको छ भने भिडियो निर्माता डेगेन्द्र मेवाहाङ रहेको छ । 

संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नं. ६ याफुमा जन्मिएका मेवाहाङको संगीतमा ३ दर्जनबढि गीत निर्माण भईसकेको छ । योभन्दा अघिल्लो चर्चित गीत सिक्कीम जाने रेल हो । उनले यो गीत सुबास्ना बर्देवासंग गाएका थिए ।