धरान । हालै सार्वजनिक ‘धरान शहर’ बोलको गीतका गायक, संगीतकार र रचनाकारलाई धरान सरोकार समाज, काठमाडौंले सम्मान गरेको छ ।
‘धरान शहर’ बोलको गीत रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरेर धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार–प्रसारमा थप मद्दत पुर्याएको भन्दै समाजले गीतकार हर्क चुम्मे, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई बुधबार सम्मान गरेको हो ।
धरानको युबेरी रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ र अतिथिहरु आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं.१ का सह–संयोजक बासुदेब बराल , सुनसरी उधोग बाणिज्य संघका सदस्य तथा पर्यटन व्यवसायी एलिना मगर, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले सम्मान पत्र र खादा लगाई सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले धरान र यस वरपरका प्रमुख स्थलहरु सबै समेटेकाले एउटा उत्कृष्ट सृजना बनेको बताउँदै यो गीत र म्युजिक भिडियो धरानको पर्यटनको प्रचारप्रसारको प्रमुख दस्तावेज बनेको बताए ।